logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आज एकैदिन ३८८ जनाले लिए श्रम स्वीकृति

आज एकैदिन ३८८ जनाले लिए श्रम स्वीकृति


  • आइतबार, असोज २५ २०७७

  • काठमाडौं । आज मात्रै ३८८ जना नेपालीले विदेश जानको लागि श्रम स्वीकृति लिएका छन् । आज श्रम स्वीकृति लिनेमा ३७७ जना पुरुष र ११ जना महिला रहेको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ ।

    कोरोनाका कारण बिदामा नेपाल फर्किएका तथा करार अवधि बाँकी रहेका र नयाँ श्रम स्वीकृति लिएका हुन् । आज स्वीकृति लिनेमा सबैभन्दा धेरै साउदी अरब हो । आउदी अरबको लागि १३६ ले स्वीकृति लिएका छन् ।

    यस्तै अफगानिस्तान २, बहराइन ९ , बुर्किना फासो १, कोस्टारिका १३, जापान ७, कुवेत १२, मलेसिया ८, माल्दिभ्स ५, नेदरल्यान्ड २, ओमान ८, फिलिपिन्स १, पोल्यान्ड २, कतार ५८, चेक गणतन्त्र १, श्रीलंका ५, टर्की १ र यूएई जानको लागि ११६ जनाले श्रम स्वीकृति लिएका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय