logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

त्रिविका उपप्राध्यापकमाथि कुटपिट गरेको आरोपमा नेविसंघका दुईजना पक्राउ

त्रिविका उपप्राध्यापकमाथि कुटपिट गरेको आरोपमा नेविसंघका दुईजना पक्राउ


  • आइतबार, असोज २५ २०७७

  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गरेको आरोपमा नेपाल विद्यार्थी संघका कुटपिट कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रविन लामा र रुपेश शाह रहेका छन् ।

    रविनलाई भक्तपुर र रुपेशलाई सिरहाबाट प्रहरीले पक्राउ गरिएको हो। चलाउने समाजशास्त्रका उपप्राध्यापक हुन् भने रविन त्रिविका समाजशास्त्रका विद्यार्थी भएको बताइएको छ।

    समाजशास्त्र विभागको कार्यलयतर्फ गइरहेका बेला चलाउनेमाथि असोज २० गते कुटपिट भएको थियो। दुईवटा मोटरसाइकलमा आएका समूहको कुटपिटबाट सख्त घाइते चलाउनेको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको थियो। उहाँको उपचार भइरहेको छ। घटनामा संलग्न अझै केही फरार रहेको प्रहरीले जनाएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय