मोरङ । मिक्लाजुङ सञ्चार क्लब मोरङकोे प्रथम ऐतिहासिक भेलाले ११ जनाको कार्यसमिति गठन गरेको छ । आज भएको क्लबको प्रथम भेलाले निर्विरोधरुपमा ११ जनाको कार्यसमिति गठन गरेको हो ।
भेलाले अध्यक्षमा सन्तोष गौतम, उपाध्यक्षमा गंगा लामालाई निर्विरोधरुपमा चयन गरेको छ । महासचिवमा युवराज दाहाल,सचिव प्रकाश श्रेष्ठ, कोषाध्यक्ष शुष्मा नेपालीलाई मनोनित गरेको छ । त्यस्तै, सदस्यहरुमा महेन्द्र थेगिम,चन्द्र लकान्द्रि,टीका सिवा,खगेन्द्र चौहान, लमसिहं श्रेष्ठ र देव राई रहनु भएको छ ।
समितिकी उपाध्यक्ष लामाले सामाजिक सञ्जाल फेसवूकमा क्लबको नीति भित्र रहि आफ्नो क्षमता र दक्षताले भ्याए सम्म संस्थाको हकहितको लागि काम गर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “ क्लबको नीति भित्र रहि आफ्नो क्षमता र दक्षताले भ्याए सम्म संस्थाको हकहितको लागि काम गर्ने छु, सदैब लागिपर्नेछु र कसैको दबाब या प्रभाबमा परि पत्रकारिताको धर्म बिपरित वा यस संस्थालाई आच पुग्ने किसिमको कुनै कार्य नगर्ने प्रतिबद्धता पनि गर्न चाहन्छु ।”