चितवन । भरतपुर अस्पतालमा एक कोरोना संक्रतिको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-१ बस्ने ४७ वर्षीय पुरुषको आज साँझ उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
हिजो ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएकोमा हिजो नै उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसीयूमा उपचार हुँदैगर्दा कोभिड निमोनियाका कारण उनको मृत्यु भएको पौडेलले बताउनुभयो ।
सम्बन्धित समाचार
थप