काठमाडौं । नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ८ जनामा संक्रमण देखिएको हो ।
ती मध्ये काठमाडौं उपत्यकाका २ हजार ६७२ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १ सय, ललितपुरमा ३ सय ६९ र भक्तपुरमा २ सय ३ जनालाई कोरोना संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । हालसम्म ३० हजार ८१८ सक्रिय सङ्क्रमित संख्या रहेको छ । यसैवीच कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतको संख्या ६ सय १४ पुगेको छ ।