काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा ७४ हजार २ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन् ।
हालसम्म प्रदेश १ मा – ६ हजार ४४८,प्रदेश २ मा – १४ हजार ९८१,बाग्मती प्रदेशमा –२७ हजार ३७२,गण्डकी प्रदेशमा –४ हजार १०१,प्रदेश ५मा –१० हजार ५६४,कर्णाली प्रदेशमा –३ हजार ३५१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ४३५ जना डिस्चार्ज भएका छन् ।