काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज बिहानैदेखि देशभर घाम लागेको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार पूर्वी पहाडी भेगका आकाशमा थोरै बादल देखिएको भएपनि अन्य सबै स्थानमा भने घाम लागेको छ ।
हाल बंगालको खाडीको पूर्वीमध्य भागमा न्यून चापीय क्षेत्र छ र त्यो पश्चिमउत्तर पश्चिम दिशातर्फ सर्दै जाने देखिन्छ । त्यसकारण अझै नेपालबाट मनसुन बाहिरिएको घोषणा गर्न नसकेको महाशाखाले जनाएको छ ।
उक्त न्यून चापीय क्षेत्र चक्रवातमा परिणत हुने क्रममा रहेको तर अहिलेसम्मको अध्ययनले त्यसले नेपालमा खासै ठूलो असर नपार्ने देखिएको महाशाखाले जनाएको छ ।