logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गोदावरी नगरपालिका एक हप्ताका लागि बन्द

गोदावरी नगरपालिका एक हप्ताका लागि बन्द


  • शनिबार, असोज २४ २०७७

  • काठमाडौँ । गोदावरी नगरपालिका भोलीदेखि एक हप्ताका लागि बन्द हुने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले हिजो सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना सङ्क्रमित सङ्ख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी दिनुभयो ।

    उक्त सूचनामा नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजपत्रमा प्रकाशन गरेका सेवा मात्र सञ्चालनमा रहने जानकारी दिइएको छ ।गोदावरीमा हालसम्म २८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

    जसमध्ये १४६ जना डिस्चार्ज भएका छन् भने १२१ जना होम आइसोलेशनमा रहेका छन् । त्यस्तै ६ जना अस्पतालमा उपचाररत रहँदा हालसम्म तीन जनाले ज्यान गुमाएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय