काठमाडौं । नेपाली काँग्रेसका पुराना नेता रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन भएको छ । आज दिउँसो उहाँको निधन भएको परिवारले जनाएको छ ।
प्रसाईंलाई उच्च ज्वरो र श्वासप्रश्वासको समस्या भएपछि चावहिलस्थित ओम अस्पताल भर्ना हुनुभएको थियो । उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
वि.सं. १९७८ मा ताप्लेजुङको हाङपाङमा जन्मिनुभउका प्रसाईं पछिमात्र झापा झर्नुृभउको थियो । वीपी कोइरालासँग प्रसाईं निकै नजिक हुनुहुन्थ्यो ।
सम्बन्धित समाचार
थप