logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

अब कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल

अब कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल


  • शुक्रबार, असोज २३ २०७७

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित व्यक्ति आइसोलेसनमा नबसेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समयमा कोरोना संक्रमित आइसोलेसनमा नबसेको गुनासो आएको हुँदा यदि त्यस्तो पाइएमा संक्रमण रोग ऐन २०२० बमोजिम ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिनुभएको हो ।

    कोरोना पोजेटिभ व्यक्ति बाहिर हिँडेको र अरुको सम्पर्कमा आएको गुनासो बढेको हुँदा गृह मन्त्रालय र जिल्ला प्रशासनलाई स्वस्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय