काठमाडौं । नेपालमा कोरोना संक्रमित हुने संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिनुभयो ।
योसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैवीच, नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय पुगेको छ । गत २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो ।
सम्बन्धित समाचार
थप