logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मध्यपुर थिमि नगरपालिकाको ८ नम्बर वडा ७ दिनका लागी बन्द

मध्यपुर थिमि नगरपालिकाको ८ नम्बर वडा ७ दिनका लागी बन्द


  • शुक्रबार, असोज २३ २०७७

  • काठमाडौं । मध्यपुर थिमि नगरपालिका–८ का वडाध्यक्ष देवकृष्ण मोय् श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएसगै वडा कार्यालय सात दिन बन्द गरिएको छ ।

    वडाका प्रमुख प्रशासकीय अधिकृतले एक सूचना जारी गर्दै आजदेखि २८ गतेसम्म वडा कार्यालय बन्द हुने जानकारी दिएको हो । वडा कार्यालय बन्द भएको अवस्थामा सर्वसाधारणको पिसिआर परीक्षण गर्नु परेमा शहरी स्वास्थ्य केन्द्र बोडेमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

    यसैगरी वडा नम्बर १ ले पनि एक साता वडा कार्यालयबाट हुने सबै सेवा बन्द गरेको छ । यस अवधिमा कोभिड–१९ सँग सम्बन्धित अत्यावश्यक सेवा भने सञ्चालन रहने जनाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय