काठमाडौं । सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीचको आज पनि बार्ता हुने भएको छ । बिहान १० बजे अगाडीनै बार्तामा बस्ने तयारीमा आफुहरु रहेको डा.केसी बार्ता टोलिका संयोजक डा. जिवन क्षेत्रिले जानकारी दिनुभएको छ ।
वार्ता सकरात्मक रुपमा अगाडी बढेको र केहि बुंदामा सहमति हुन बाँकी रहेको उहाँको भनाई छ । वार्तालाई निष्कर्षमा पु¥याउने गरि प्रारम्भिक सहमतिको ड्राफ्ट बनाइसकेकाले संभबत आजै टुङ्गोमा पुग्ने डा.क्षेत्रिले बताउनुभयो ।
सरकारले डा। केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेको थियो सरकारी वार्ता टोलीमा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा रहनुभएको छ ।
दुइ टोलिबिच हिजो साझँ सम्मनै छलफल भएको थियो । छलफल निष्कर्षमा पुग्न नसकेपछि आज पुन छलफल गर्न लागीएको हो । जुम्लाबाट आफ्नो १९औ अनसन शुरु गर्नुभएका डा. केसीको अनसनको आज २६औ दिन हो । उहाँको स्वास्थ्य अबस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।