काठमाडौँ । प्रत्येक बर्ष अक्टोबल ९ तारिखका दिन मनाईने विश्व हुलाक दिवस आज विविध कार्यक्रमका साथ मनाइदै छ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक सङ्घको स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाइने गरिएको छ ।
नेपालमा भने विसं १९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो । यसैबीच १४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुमकामना दिँदै प्रधानमन्त्री केपि शर्मा ओलीले अहिले विकास भइरहेको सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको उँहाको भनाई छ । नेपालको हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायीक बनाएर नागरिकको माग र चाहनाअनुसार लय मिलाएर काम गर्नुपर्ने उहाँले बताउनुभएको छ ।