सिरहा । बोक्सी आरोप लगाएर महिलामाथि कुटपिट गर्ने एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छन् । प्रहरीले सिरहाको सीमाबर्ती नवराजपुर गाउँपालिका ५ का २० वर्षीय सन्तोष यादवलाई भगवानपुर गाउँपालिकाको ठाढीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका यादवसँग ८ जनामाथि जिल्ला प्रहरीमा बोक्सी कसुर सम्बन्धी मुद्दा दर्ता भएको छ । सात जना अझै फरार छन् । गत भदौ २७ गते सोही ठाउँका मुर्तिदेवी यादवलाई प्रतिवादीहरुले बोक्सी आरोप लगाएर कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी शालिग्राम शर्माका बताउनुभयो ।
आरोपितहरुले मुर्तिदेवीलाई धर्मनाथ यादवको घरमा बोलाएर लगी सामुहिक रुपमा कुटपिट गरेको थिए । कुटाईबाट २ वटा दाँत भाँचिएको छ । अन्य फरार आरोपितहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।