logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वार्ता टोलीद्धारा डा.केसीको माग सम्बोधनको पहिलो मस्यौदा तयार

वार्ता टोलीद्धारा डा.केसीको माग सम्बोधनको पहिलो मस्यौदा तयार


  • बिहिबार, असोज २२ २०७७

  • काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै आउनुभएका डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीच वार्ता जारी छ  ।

    शिक्षा मन्त्रालयमा जारी वार्तामा डा. केसीले उठाउनुभएका मागका विषयमा छलफल भइरहेको छ । छलफलले बुँदागत रुपमा मागलाई सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको छ ।

    वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा र डा. केसीको पक्षबाट डा जीवन क्षेत्रीको नेतृत्वमा टोली गठन गरिएको छ ।  डा केसी अनसन बसेको २५ औं दिनमा सरकारले वार्ता सुरु गरेको हो ।

    हिजो दुवै पक्षले वार्ता टोली गठन गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय