logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

भेरी अस्पतालका कम्प्यूटर अपरेटर १६ लाख घुस सहित पक्राउ

भेरी अस्पतालका कम्प्यूटर अपरेटर १६ लाख घुस सहित पक्राउ


  • बिहिबार, असोज २२ २०७७

  • काठमाडौं । भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत कम्प्यूटर अपरेटर अरुण राज खनाल १६ लाख १३ हजार ९ सय ७५ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।

    खनालले विभिन्न सप्लायर्स फर्महरुसँग कमिशन लिएको सूचनाका आधारमा अस्पताल खटिएको अख्तियार टोलीले खनाललाई श्रोत नखुलेको नगरद रकम सहित कार्यकक्षबाट नै नियन्त्रणमा लिएको छ ।

    अख्तियारको अनुसन्धानका क्रममा भेरी अस्पताल, नेपालगंजका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीसमेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगंजमा आर्थिक बर्ष ०७६/०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा १९ लाख १३ हजार सत्तरी रुपया नगर र जिन्सी कमिशन लिएको पुष्टि भएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय