काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा ७१ हजार ३ सय ४३ संक्रमित उपचारपछि निको भएका छन् ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १-६२२१
प्रदेश २- १४८९१
बाग्मती प्रदेशमा -२५३०५
गण्डकी प्रदेशमा- ४००१
प्रदेश ५मा -१०२३८
कर्णाली प्रदेशमा – ३३२६
सुदूरपश्चिम प्रदेशमा-७३६१
सम्बन्धित समाचार
थप