logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

कास्कीमा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

कास्कीमा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक


  • बिहिबार, असोज २२ २०७७

  • कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।

    सामान्यतयाः चाडबाडका बेला सुरक्षा चुनौतीहरू बढ्ने हुनाले अपराध, चोरी डकैती, कोरोना जोखिम न्यूनीकरण, सडक दुर्घटना जोखिम न्यूनीकरण गर्न सुरक्षा योजना तयार पारिएको जिल्ला प्रहरी कास्कीले जानकारी दिएको छ ।

    कास्कीका प्रहरी प्रमुख उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार यसपटक दशैँलाई लक्षित गरेर जिल्लाभर १५ प्रकारका ड्युटीका लागि ७ सय ५१ जना प्रहरी परिचालन गर्न लागिएको छ ।

    कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार कास्की प्रहरीले चाडपर्वको बेलामा सवारी आवागमनमा वृद्धि, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी दुर्घटना, खसीबोका ओसारपसारमा हुन सक्ने अवरोध, चोरी तथा लुटपाट, व्यक्ति वा वित्तीय संस्थामा हुन सक्ने लुटपाट, खाद्यान्नको कृत्रिम अभाव, जुवा तास तथा अवैध मदिरा, उद्योगपति व्यापारी र राजमार्गमा गुड्ने सवारीसँग जबरजस्ती चन्दा असुली लगायतका अपराध र क्रियाकलापमाथि प्रहरीको निगरानी रहने छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय