भैरहवा । रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा थप एक संक्रमितको मृत्यु भएको छ ।
असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले जानकारी दिनुभएको छ ।
सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको गुरुङले जानकारी दिनुभएको छ ।
सम्बन्धित समाचार
थप