logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काठमाडौंमा कोरोना संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती

काठमाडौंमा कोरोना संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती


  • बुधबार, असोज २१ २०७७

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय काठमाडौं उपत्यकाका अस्पतालहरूमा बेडको अभाव हुँदै गएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको बताउनुभयो ।

    यही स्तरमा संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालहरूले भार थाम्न नसक्ने उहाँको भनाइ छ । डा. गौतमले संक्रमितको उपचार सरकारी र निजी दुवै अस्पतालहरूले गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

    उहाँले पछिल्लो समय चाडपर्व नजिकिँदै गर्दा बजारमा मानिसहरूको भीड देख्दा संक्रमणको बेवास्ता गरिएको जस्तो देखिएको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय