काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा ६८ हजार ६ सय ६८ संक्रमित उपचारपछि निको भएका छन् ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ – ६१३०
प्रदेश २– १४८५१
बाग्मती प्रदेशमा –२३१०६
गण्डकी प्रदेशमा –३९२५
प्रदेश ५मा –१००३२
कर्णाली प्रदेशमा –३३१७
सुदूरपश्चिम प्रदेशमा ७२९७
सम्बन्धित समाचार
थप