logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कर्मचारीमा कोरोना देखिएपछि भद्रपुर भन्सार र कृषि बैंकको सेवा बन्द

कर्मचारीमा कोरोना देखिएपछि भद्रपुर भन्सार र कृषि बैंकको सेवा बन्द


  • बुधबार, असोज २१ २०७७

  • झापा । झापाको भद्रपुर भन्सार कार्यालय र कृषि विकास बैंक शाखा कार्यालय भद्रपुरका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि दुवै कार्यालयमा सेवा बन्द भएको छ ।

    भन्सारका एक पुरुष कर्मचारी तथा बैंकका एक महिला र तीन पुरुष गरी चारजना कर्मचारीमा हिजो कोरोना भाइरस पुष्टि भएको हो । कर्मचारीमा कोरोना पुष्टि भएपछि दुवै कार्यालयले सूचना जारी गर्दै आजदेखि अनिश्चितकालसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो । भन्सारका ५० वर्षीय कर्मचारीमा कोरोना संक्रमण देखिएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिनुभयो ।

    कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक सामानबाहेक अन्य सामानको राजस्व नतिराउने भन्सार प्रमुख फणीन्द्र खतिवडाले जानकारी दिनुभएको छ । कर्मचारीको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण नभएसम्म सेवा बन्द गरिने बैंकका शाखा प्रमुख पशुराम बुढाथोकीले जानकारी दिनुभएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय