काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालमा २ जनाको संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिनुभयो ।
असोज १६ देखि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको आज बिहाने मृत्यु भएको हो । उनलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्यासमेत रहेको गौतमले बताउनुभयो ।
त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते अस्पतालमा भर्ना गरिएकी महिलाको पनि आज बिहान साढे ५ बजे मृत्यु भएको डा। गौतमले जानकारी दिनुभएको छ ।