logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बागमती प्रदेशको प्रदेशसभा सचिवालयले लोगो परिवर्तन गर्ने

बागमती प्रदेशको प्रदेशसभा सचिवालयले लोगो परिवर्तन गर्ने


  • बुधबार, असोज २१ २०७७

  • काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा सचिवालयले लोगो परिवर्तन गर्ने भएको छ । साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भू–भाग समावेश गर्न लागिएको हो ।

    सचिवालयले आज सूचना जारी गर्दै १५ दिनभित्र लोगो डिजाइन गरी प्रदेश सभा सचिवालयको जिन्सी शाखामा बुझाउन भनेको छ । अब बनाइने लोगोमा नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेश सभा लेखेको हुनुपर्नेछ । उत्कृष्ट लोगो डिजाइन गर्नेलाई तीस हजार पुरस्कार दिइने सचिवालयले जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय