logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चितवनमा दुई कोरोना संक्रमितको मृत्यु

चितवनमा दुई कोरोना संक्रमितको मृत्यु


  • मंगलबार, असोज २० २०७७

  • भरतपुर । चितवनमा आज साँझ थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको आज साँझ ६ः३० बजे मृत्यु भएको हो ।

    अस्पतालका निर्देशक डा. दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो ।

    आजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ । असोज १८ गते पिसिआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए । श्वासप्रश्वासको समस्या देखिएका उनको ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय