logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

ट्राफिक प्रहरीको चाड पर्व लक्षित विशेष अप्रेशन : वढी भाडा लिने पाँच जना पक्राउ

ट्राफिक प्रहरीको चाड पर्व लक्षित विशेष अप्रेशन : वढी भाडा लिने पाँच जना पक्राउ


  • मंगलबार, असोज २० २०७७

  • काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अप्रेशन थालेको छ । चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाईदा उठाई बढी भाडालिई टिकट काट्ने पाँच जना व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

    ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ । कोटेश्वर एरियाको काउन्टरबाट बिमल खत्री र किरण पौडेल तथा बल्खुबाट जितेन्द्र शाह, मदन भुजेल र धर्मेन्द्र यादव पक्राउ परेका हुन् ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चाडपर्वलाई मध्यनजर गरी सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारवाही चलाएको जानकारी दिनुभयो । उहाँले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गर्ने पनि बताउनुभयो ।

    प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र प्यासेञ्जर बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ ।

    यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ । पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय