काठमाडौं । उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्या बढिरहँदा सक्रिय संक्रमितलाई सरकारी कोभिड अस्पतालमा बेड अभाव हुन थालेको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लक्षण सहितका सक्रिय संक्रमितलाई बेड अभाव भएर इमर्जेन्सीमा उपचार गर्न थालिएको छ ।
गएरातिदेखि उपचारका लागि आएका पाँच संक्रमितलाई कोभिड उपचार केन्द्रमा बेड अभाव भएकोले बाहिरै राखेर उपचार गरिएको अस्पतालका कोभिड फोकल पर्सन सन्तकुमार दासले जानकारी दिनुभयो ।
संक्रमित डिस्चार्ज भएर गएमा उनीहरूलाई बेडको व्यवस्थापन गरी राखिने उहाँले बताउनु भयो । कर्मचारी अभाव र अस्पतालमा बेड अभाव भएकोले संक्रमितलाई राम्रोसँग व्यवस्थापन गर्न नसकिएको उहाँको भनाइ छ ।