काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ नयाँ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको पिपिसआर परीक्षणमा १ हजार ५५१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार १७ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । यो सँगै देशभरमा संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।
हाल देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैवीच, कोरोना भाइरसको संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।