काठमाडौं । विगत २४ घण्टा २ हजार ३४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यो सँगै नेपालमा ६७ हजार ५ सय ४२ संक्रमित उपचारपछि निको भएका छन् ।
हालसम्म प्रदेश १ मा – ५ हजार ८५५, प्रदेश २ मा – १४ हजार ८५१,बाग्मती प्रदेशमा –२२ हजार ४२५, गण्डकी प्रदेशमा –३ हजार ८६९,प्रदेश ५मा –९ हजार ८६७,कर्णाली प्रदेशमा –३ हजार २६८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २२६ जना डिस्चार्ज भएका छन् ।