logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रदेश ५ सभा बैठक आज पनि बस्दै

प्रदेश ५ सभा बैठक आज पनि बस्दै


  • मंगलबार, असोज २० २०७७

  • काठमाडौ । प्रदेश ५ सभा बैठक आज पनि बस्दै छ । आज अपरान्ह १२ वजेका लागि बैठक बोलाइएको छ । बैठकमा सामान्य छलफलपछि पेश भएका संशोधनका प्रस्तावकलाई बैठकमा आफ्नो संशोधन पेश गर्न दिने छ । प्रदेश ५ को राजधानी सार्ने र नामाकरण सम्बन्धी प्रस्तावमा प्रदेश ५ सभामा हिजो नै छलफल सकि संशोधन पेस गर्न चाहने सदस्यका लागि १८ घण्टाको समय दिइएको थियो ।

    सो अबधिमा सरकारले ल्याएको प्रस्तावमा असहमती राख्ने प्रेदशसभा सदस्यहरुले आफ्नो संशोधन दर्ता गर्नुपर्ने हुन्छ । संशोधन दर्ता गराउने प्रदेशसभा सदस्यले आजको बैठकमा आफ्नो धारणा राख्ने छन् भने संशोधन राख्ने प्रदेशसभा सदस्यहरुले धारणा राखिसकेपछि सभामुखले संशोधन प्रस्ताव फिर्ताका लागि समेत समय दिने छन् । संशोधन प्रस्ताव पेश भएपछि सभामुखले उक्त प्रस्तावमाथि मतदान गर्न प्रक्रियामा लैजाने छन् । उक्त प्रस्तावमा ध्वनी मतका आधारमा वा अन्य आधारमा बहुमत भए नभएको निर्णय गरिने छ ।

    उक्त प्रस्तावमा बहुमत नपुगी फेल भए अर्को प्रस्ताव पेश निर्णयार्थ गरिन्छ । यसैगरी संशोधन प्रस्ताव समाप्त भएपछि मात्र मुल प्रस्तावका विषयमा निर्णय सुरु हुन्छ । उक्त प्रस्तावका पक्ष र विपक्षमा मतदान गराइन्छ । पक्ष वा विपक्षमा आउने मत गणनाका आधारमा यसलाई पारित गरिन्छ । हाल दर्ता भएको प्रस्ताव पारित हुन दुई तिहाई सांसदले पक्षमा मतदान गर्नुपर्ने छ ।

    हिजोमात्रै प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेशसंगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले त्यसको विरोध गरेको छ भने प्रदेशसभाको बैठकमा समेत तोडफोडमा उत्रिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय