logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आकस्मिक र कोभिडबाहेकका सेवा बन्द गर्ने चिकित्सकको चेतावनी

आकस्मिक र कोभिडबाहेकका सेवा बन्द गर्ने चिकित्सकको चेतावनी


  • मंगलबार, असोज २० २०७७

  • काठमाडौँ । चिकित्सा शिक्षा र सेवा सुधारका लागि अनशनरत डा. गोविन्द केसीको स्वास्थ अबस्था गम्भिर बनेको छ । उहाँको स्वास प्रस्वासमा समस्या रहेको र मुटुको चाल समेत न्युन रहेको उहाँको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उहाँको खनसनको आज २३ दिन पुगेको छ ।

    यस्तै डा. केसी सँगवार्ता गर्न सरकारले दुई दिनभित्र टोली नबनाए देशभर आकस्मिक र कोभिडबाहेकका सबै सेवा ठप्प गर्ने चेतावनी चिकित्सकले दिएका छन् । नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको २४ घण्टा बितिसक्दा पनि वार्ता टोली गठन नगरिएपछि हडतालमा जाने चेतावनी दिएको समेत दिएको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिनुभएको छ ।

    यसैबीच, डा. केसीले अघि सारेका माग सम्बोधन गरेर जीवनरक्षा गर्न प्रमुख प्रतिपक्षी कांग्रेस लगायतका अन्य दलहरुले सरकारलाई आग्रह गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय