logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ट्र्याक्टर दुर्घटना हुँदा रामेछापमा दुई जनाको ज्यान गयो

ट्र्याक्टर दुर्घटना हुँदा रामेछापमा दुई जनाको ज्यान गयो


  • मंगलबार, असोज २० २०७७

  • रामेछाप । रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

    दोरम्बाको सानो शैलुङ्गमा ट्र्याक्टर दुर्घटना हुँदा चालक दोरम्बा गाउँपालिका वडा नं ७ का २७ वर्षका पेमा लामा र ५५ वर्षका फुर्वा दोर्जे तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

    उहाँका अनुसार काभ्रेको जिरोकिलोबाट डिजेल लिएर रामेछापको दोरम्बा गाउँपालिकाको सानो शैलुङ्गका लागि छुटेको ना ७ त ८७३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय