logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गुल्मीमा ट्याक्टर दुर्घटना स् एकजनाको मृत्यु, दुई घाइते

गुल्मीमा ट्याक्टर दुर्घटना स् एकजनाको मृत्यु, दुई घाइते


  • सोमबार, असोज १९ २०७७

  • गुल्मी : गुल्मीरबार गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

    आज बिहान करिब ६ बजे गुल्मीदरबार–१ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा सोही ठाउँका १५ वर्षीय धनबहादुर माझीको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।

    यस्तै‚ ट्याक्टर चालक कपिलवस्तु घर भएका ३० वर्षीय रेशम ताम्राकार र गुल्मीदरबार–१ का १५ वर्षीय लालबहादुर बुढा मगर घाइते भएका छन्। ताम्राकार र मगर दुवैको ढाडमा चोट लागेको र उपचारका लागि मजुवा पठाइएको पन्थले बताउनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय