logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कर्मचारीमा कोरोना देखिएपछि रोकिएको श्रम स्वीकृति भोलिदेखि लिन सकिने

कर्मचारीमा कोरोना देखिएपछि रोकिएको श्रम स्वीकृति भोलिदेखि लिन सकिने


  • आइतबार, असोज १८ २०७७

  • काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलले भोलिदेखि श्रम स्वीकृति दिने भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि असोज १४ गतेदेखि सेवा प्रवाह बन्द भएकोमा भोलिदेखि सेवा सञ्चालन हुने कार्यालयले जनाएको हो ।

    कर्मचारीमा कोरोना देखिएकाले कार्यालयले अनिश्चितकालका लागि श्रम स्वीकृतिसहित सबै सेवा बन्द गरेको थियो । तत्कालै गन्तव्य देशमा पुग्न नसके रोजगारी गुम्न सक्ने जस्तो अवस्था भएका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै पुनः सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

    सेवाग्राहीले भौतिक दूरीका साथै स्वास्थ्यसम्बन्धी अरु मापदण्ड पालना गर्न कार्यालयले आग्रह गरेको छ । यस्तै गोलो घेरो लगाएको ठाउँमा उभिएर मात्र सेवा लिन र सेवा लिनुभन्दा पहिले साबुनपानीले हात धुन अनिवार्य गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय