logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

डा. गोविन्द केसीका मागहरु प्रति कांग्रेसको ऐक्यबद्धता

डा. गोविन्द केसीका मागहरु प्रति कांग्रेसको ऐक्यबद्धता


  • आइतबार, असोज १८ २०७७

  • काठमाडौं । नेपाली कांग्रेसले डा। गोविन्द केसीले राखेका मागहरु जायज रहेको भन्दै ऐक्यबद्धता जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा। केसीको मागमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ति जारी गरिसकेको बताउनु भएको छ ।

    तर केन्द्रीय कार्यसमिति बैठकबाटै थप निर्णय गरी ऐक्यबद्धता जनाउने तयारी भइरहेको उहाँले बताउनु भयो । कोरोना संक्रमण जोखिमका कारण भोलि बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक बस्ने÷नबस्ने सम्बन्धमा आजै पार्टीले निर्णय गर्ने उहाँले बताउनु भयो । कार्यसमिति बैठक बस्नु अघि आजका लागि बोलाइएको पदाधिकारी बैठक भने स्थगित भइसकेको उहाँले जानकारी दिनु भयो ।

    केन्द्रीय कार्यसमिति बैठक बस्ने÷नबस्ने सम्बन्धमा सबै कार्यसमिति सदस्य र सचिवालय सदस्यहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै निर्णय हुने शर्माले स्पष्ट पार्नु भएको छ । डा। केसीले विगतदेखि नै जायज माग राख्दै आएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश माग पूरा हुने उहाँले बताउनु भयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय