logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु


  • आइतबार, असोज १८ २०७७

  • विराटनगर । मोरङमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पइदल यात्रीको मृत्यु भएको छ ।

    कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिनुभयो ।

    उहाँका अनुसार गएराति ९ः२० बजेतिर मोटरसाइकलले ठक्कर दिँदा कमल गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा आज बिहान करिब १ बजेतिर मृत्यु भएको हो ।

    मोटरसाइकल चालक सप्तरी रुपनीका २५ वर्षीय आजबुल मियाँ फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय