logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

डा. केसीसँग वार्ता गर्न आवासीय डाक्टरहरुको २४ घण्टे अल्टिमेटम

डा. केसीसँग वार्ता गर्न आवासीय डाक्टरहरुको २४ घण्टे अल्टिमेटम


  • आइतबार, असोज १८ २०७७

  • काठमाडौं । अनशनरत डा. गोविन्द केसीको समर्थनमा आवासीय डाक्टरहरुले आजदेखि आन्दोलन शरु गर्ने भएका छन् ।

    स्वास्थ्य सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसनमा बस्दै आउनुभएको डा. केसीको समर्थनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टर आन्दोलनमा उत्रिनेभएका हन् ।

    उनीहरुले दैनिक दुई घण्टा आकस्मिक र कोरोनाको उपचारबाहेक सेवा ठप्प पार्ने बताएका छन् । साथै डाक्टर केसीसँग वार्ता गर्न २४ घण्टे अल्टिमेटम दिएका उनीहरुले वार्ताको पहल नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । गएको भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनसन सुरु गर्नुभएको थियो । उहाँलाई पछि काठमाण्डौ ल्याइएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय