logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राजधानी विवाद : प्रर्दशन रोक्न बुटवलमा ४ दिनका लागि निषेधाज्ञा

राजधानी विवाद : प्रर्दशन रोक्न बुटवलमा ४ दिनका लागि निषेधाज्ञा


  • शनिबार, असोज १७ २०७७

  • बुटवल । प्रदेश ५ को राजधानी दाङमा राख्ने प्रस्ताव गरेपछि बुटवलमा भएको विरोध प्रर्दशनलाई रोक्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चार दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

    प्रदेश पाँचको नामाकरण र स्थायी राजधानीको प्रस्ताव निर्णयका लागि प्रदेश सभामा पेश भएपछि बुटवलमा आन्दोलन सुरु भएको र आन्दोलनले हिंसात्मक रुप लिनसक्ने आशंका गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

    बुटवल उपमहानगरपालिकाभित्र सरकारी सवारी साधन तोडफोड गर्ने, सडकमा टायर बाल्ने र नारा जुलुस गर्नेजस्ता गतिविधिहरु देखिएको हुँदा चारदिन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    प्रदेश नं ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ्गमा राख्ने प्रस्ताव गरेसँगै रुपन्देहीको बुटवलमा विरोध शुरु भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय