logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काठमाडौं–निजगढ द्रुतमार्गमा निर्माणका लागि २७ निर्माण कम्पनी इच्छुक

काठमाडौं–निजगढ द्रुतमार्गमा निर्माणका लागि २७ निर्माण कम्पनी इच्छुक


  • शनिबार, असोज १७ २०७७

  • काठमाडौं । निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा सुरुङमार्ग निर्माणका लागि २७ निर्माण कम्पनी इच्छुक देखिएका छन् । १६ वटा कम्पनीले आयोजनाका सुरुङमार्गका लागि बनाइएका दुबै प्याकेजको पूर्वायोग्ता निर्धारण गर्ने प्रतिस्पर्धामा सहभागिता जनाएका छन् ।

    नेपाली सेनाले सुरुङमार्ग निर्माणका लागि प्रतिस्पर्धा गर्ने कम्पनीको संक्षिप्त सूची (सर्ट लिस्ट) तयार गर्न आशयपत्र आह्वान गरेकोमा एउटा प्याकेजमा २१ र अर्को प्याकेजमा २२ कम्पनीको आवेदन परेको सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

    अहिले कोरियन कम्पनी युसिनले फास्ट ट्रयाकको पुल तथा सुरुङमार्गको डिजाइन गरिरहेको छ । जतिसक्दो छिटो ठेकेदारहरुले पुल तथा सुरुङको निर्माण थाल्ने गरी सबै तयारी सकाइएको प्रवक्ता पौडेलको भनाई छ ।

    विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार द्रुतमार्गमा ८७ वटा पुल र तीन वटा सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । डीपीआरअनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बनाइनेछ ।

    द्रुतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर हुनेछ । यो आयोजना लागत १ खर्ब ७५ अर्ब अनुमान गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय