logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आज एकै दिन तीनवटा विमानस्थलको उद्घाटन सम्पन्न

आज एकै दिन तीनवटा विमानस्थलको उद्घाटन सम्पन्न


  • शनिबार, असोज १७ २०७७

  • काठमाडौ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नु भएको छ ।

    मन्त्री भट्टराईले कालोपत्रेसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलहरुको उद्घाटन गर्नु भएको हो ।

    दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीय स्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमानस्थलहरुमा नियमित रुपमा जहाज सञ्चालन गरिने बताउनुभयो ।

    मन्त्री भट्टराईले यहाँका पहाडी जिल्लामा नियमित रुपमा विमानस्थल सञ्चालनका लागि समिट एयरसहितका केही निजी विमान कम्पनीसँग सम्झौताको तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

    मन्त्री भट्टराईले विमानस्थलहरुको टर्मिनल भवन तथा एटीसी भवनहरु नयाँ निर्माणका लागि पनि आवश्यक पहल भइरहेको जानकारी दिनुभयो । उहाँले यात्रु अभावका कारण देखाएर लामो समयदेखि बन्द अवस्थामा रहेका यहाँका विमानस्थलहरुको थप स्तरोन्नती गरिने प्रतिवद्धता जनाउनु भएको छ ।

    साथै ४९० मिटर लम्बाइको रनवे रहेको डोटीको दिपायल विमानस्थलको रनवेलाई एक हजार मिटर बनाउनका लागि अध्ययन गर्न मन्त्रालयले नागरिक उड्यन प्राधिकरण विभागबाट तत्कालै प्राविधिक टोली पठाइने उहाँले बताउनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय