logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोभिड-१९ अपडेट : देशभर थप २०४४ डिस्चार्ज,२१२० जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

कोभिड-१९ अपडेट : देशभर थप २०४४ डिस्चार्ज,२१२० जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु


  • शनिबार, असोज १७ २०७७

  • काठमाडौं । बितेको २४ घण्टामा थप २ हजार ४४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । यो कुल संक्रमितको ७४.१ प्रतिशत हो ।

    पछिल्लो २४ घण्टामा देशभर थप २१ सय २० जनामा कोभिड(१९ संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न अस्पतालका ल्याबहरुमा गरिएको १२ हजार ९०८ पीसीआर परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।योसँगै ८४ हजार ५७० कुल संक्रमित पुगेको छ ।

    मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल देशभर २१ हजार ३०२ जना सक्रिय संक्रमित रहेका छन् । यसैवीच, कोभिड संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोभिड संक्रमणका कारण ५२८ जनाको ज्यान गइसकेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय