logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हुम्लामा श्रीमतीलाई कालोमोसो दलेर मानिसको मलमूत्र खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ

हुम्लामा श्रीमतीलाई कालोमोसो दलेर मानिसको मलमूत्र खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ


  • शनिबार, असोज १७ २०७७

  • हुम्ला । हुम्लामा पर(पुरुषसँग सम्बन्ध राखेको आरोपमा श्रीमतीको कपाल मुडेर कालोमोसो दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ परेका छन् ।

    सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो। ाहजो भएको यो घटनामा संलग्न रहेका सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार श्रीमानसहित पक्राउ परेका सातैजनाले दिसा खुवाएको बाहेक अरु सबै अपराध स्वीकारेका छन्। पीडित महिलालाई केही गाउँलेहरुको सहयोगमा उद्धार गरेर हिजो नै जिल्ला प्रहरी कार्यालय ल्याइएको र अहिले संरक्षणका लागि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको डीएसपी सुवेदीले जानकारी दिनुभयो ।

    ‘उहाँका अनुसार पर(पुरुषसँग प्रेम सम्बन्ध राखेको आरोपमा महिलामाथि अमानवीय व्यवहार भएको छ, घटनामा संलग्न उनका श्रीमानसहित सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । महिलाले कसैसँग प्रेम रहेको कुरा झुटो रहेको बताएकी छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय