logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

राजदूत नियुक्तिप्रति बालुवाटारमा कड्किए प्रचण्ड

राजदूत नियुक्तिप्रति बालुवाटारमा कड्किए प्रचण्ड


  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्ति गरेको भन्दै नेकपाका दोश्रो अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्ड आज विहान बालुवाटारमा ओलीसंग कड्किनुभएको छ ।

    सरकारले हिजोको मन्त्रीपरिषद्को वैठकबाट मुख्य सचिव एवं राजदूत नियुक्ति एकलौटी ढंगले गरेको भन्दै दाहाल असन्तुष्टी व्यक्त गर्न विहानै बालुवाटार पुगेका थिए । एक घण्टा लामो छलफलमा दाहालले पार्टी एकीकरण पश्चात आफूलाई पाखा लगाउँदै सरकारमा मनलाग्दो गरिरहेको आरोप समेत लगाएका थिए ।

    पछिल्लो समयमा भएका नियुक्तिहरु पार्टीभित्र छलफल नगर्ने, सचिवालयमा छलफल नै गर्ने पूर्व एमाले निकट र पूर्व माओवादी निकट छुट्याएर एकलौटी ढंगले गदै आएकोमा प्रचण्ड रुष्ट भएका छन् । प्रधानमन्त्री ओलीको पछिल्ला निर्णयहरुबाट दिक्क भएका प्रचण्ड फेरि मोहन बैद्य, बाबुराम र नेत्रविक्रम चन्दसँग सँगै मिलेर जानु पर्ने भन्दै भलाकुसारी गर्न थालेको समेत देखिएको छ ।

    ओली र दाहालवीच बालुवाटारमा भएको छलफलमा दाहाल सन्तुष्ट हुन नसकेपछि शनिबार दिउँसो ४ बस्ने नेकपाको सचिवालय वैठक बस्ने तयारी गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय