logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

कात्तिक १ गतेबाट भारतका लागि उडान खोल्न प्रस्ताव

कात्तिक १ गतेबाट भारतका लागि उडान खोल्न प्रस्ताव


  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौं । भारतका लागि हवाई उडान सुचारु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिसिएमसीमा प्रस्ताव गरेको छ । मन्त्रालयले आगामी कात्तिक १ गतेबाट भारतको उडान खोल्न प्रस्ताव गरेको हो ।

    चैत ११ पछि भारतमा नियमित उडान भएको छैन । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा मन्त्रालयले यस्तो प्रस्ताव पठाएको मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    भारतमा रहेका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकको दूतावासको पहलमा घर फर्काउन सक्ने गरी भारतले ‘एयर बबल स्किम’ जारी गरेको छ । सोहीअनुसार भारतमा एक दर्जनभन्दा बढी मुलुकमा उडान सञ्चालन गरिरहेको छ ।

    यो स्किम पाकिस्तान बाहेक भारतका नेपालसहित सबै छिमेकी मुलुकमा खुला छ । अर्थात नेपालले नयाँ दिल्लीस्थित दूतावासको समन्वयमा भारतमा रहेका नेपालीलाई घर फर्काउन सक्ने गरी उडान खोल्न सक्ने जनाइएको छ ।

    तर, भारतमा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण सरकारले भारतका लागि उडान खोल्नेबारे निर्णय लिइसकेको छैन । तर, नजिकिएको दशैं, भारतमा उपचार र अध्ययनका लागि जानु पर्ने वा त्यहाँबाट फर्कनु पर्ने ठूलो संख्यामा नेपाली हवाई उडान खुल्ने मितिको प्रतीक्षामा छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय