काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलिका लागि सचिवालयको बैठक बोलाएको छ ।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भएको भेटवार्तामा भोलि सचिवालय बैठक बोलाउने समझदारी बनेको हो ।
भोलि अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । हिजो सरकारले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेपछि नेकपाभित्र पुनः आन्तरिक असन्तुष्टि बढेको छ ।
प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा राजदूतहरु नियुक्तिका लागि सिफारिस गरेको भन्दै अन्य नेताहरुले विरोध जनाएका छन् । राजदूत नियुक्तिका विषयमा नेताहरुले जनाएको असन्तुष्टिका सम्बन्धमा छलफल गर्न अध्यक्ष प्रचण्ड आज प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।