logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

थप २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि,उपत्यकामा हालसम्मकै उच्च संक्रमण

थप २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि,उपत्यकामा हालसम्मकै उच्च संक्रमण


  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौं । आज थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।

    आज काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो उपत्यकाको हालसम्मकै उच्च संक्रमण हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनालाई कोरोना संक्रमण देखिएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ ।

    यसैवीच,कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच सय २० पुगेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय