logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेकपा नेता गौतमबारे आज पनि सर्वोच्चमा बहस

नेकपा नेता गौतमबारे आज पनि सर्वोच्चमा बहस


  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज पनि हुदै छ । गत बुधबार बहस गर्दा गर्दै समय सकिएपछि आज सम्मका लागि सुनुवाइ लम्बिएको थियो ।

    बुधबार रिट निवेदक र विपक्षी दुवै पक्षबाट बहस भए पनि कानुन व्यवसायीको बहस नसकिएकाले गौतम विरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो ।

    प्रतिनिधि सभाको चुनावमा हार्नुभएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि राष्ट्रिय सभा सदस्यको जिम्मेवारीबाट हटाउन तथा मन्त्री र अन्य संवैधानिक पदमा नियुक्ति नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

    त्यसपछि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले वामदेव गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय