काठमाडौं । गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त हुनुभएको छ ।
उपकुलपति नियुक्त भएका देवकोटालाई आज बिहान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सपथ ग्रहण गराउनुभएको छ ।
उपकुलपति नियुक्त गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको नेतृत्वमा रहेको सर्च कमिटीले दुई जनाको नाम सिफारिस गरेकोमा देवकोटाले उपकुलपति नियुक्ति पाउनुभएको थियो ।
यसअघि देवकोटा चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयमा कार्यरत रहनुभएको थियो । देवकोटालाई पाँच वर्षे कार्यकालका लागि गण्डकी विश्वविद्यालयको उपकुलपति बनाइएको हो ।