logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पिसिआर परीक्षणमा दबाब नदिन काठमाडौँ महानगरको आग्रह

पिसिआर परीक्षणमा दबाब नदिन काठमाडौँ महानगरको आग्रह


  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौँ । काठमाडौं महानगरपालिकाले घरधनीहरूलाई डेरामा बस्नेको पिसिआर परीक्षणमा दवाव नदिन आग्रह गरेको छ ।

    महानगरभित्रका घरमा डेरा गरी बस्नेलाई घर धनीले अनिवार्य पिसिआर परीक्षण गर्न र रिपोर्ट देखाउन आग्रह गरेको गुनासो आएको भन्दै महानगरले त्यसो नगर्न भनेको हो ।

    औद्योगित प्रतिष्ठानहरूमा कार्यरत श्रमिक कर्मचारीलाई समेत काम गर्न आउँदा अनिवार्य परीक्षण गर्न लगाउने भन्ने गुनासो आएको भन्दै महानगरले त्यसो नगर्न अनुरोध गरेको हो ।

    काठमाडौं उपत्यका भित्रका घरधनीले डेरामा बसोबास गर्नेलाई अनिवार्य पिसिआर रिपोर्ट देखाउन भनेपछि मानिसहरू टेकुलगायत अस्पतालमा रातिदेखि नै लाइनमा उभिएर कोरोना परीक्षण गराउँदा भिड बढेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय